कक्षा ११ को परीक्षा दिन जाने क्रममा युवतीले गुमाईन ज्यान

काठमाण्डौ । उदयपुरमा स्कुटर दुर्घटनामा परि एकजना युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा १९ वर्षीया प्रिया बुढाथोकीरहेकी छिन् । कक्षा ११ को परीक्षा दिन हिडेकी उनको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार विहान करिव ७ः०० बजे स्कुटर दुर्घटना भएको हो भने दुर्घटनामा परि उनी र उनको भाई घाईते भएका थिए ।

घाइते दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पु¥याइएको थियो भने जिल्ला अस्पतालमा उपचार नहुने भएपछि बिराटनगर पु¥याएर उपचार हुदै गर्दा उनको मृत्यु भएको हो । प्रियाको १३ वर्षीय भाई युनिकको अवस्था भने सामान्य रहेको बताइएको छ । मृतक प्रिया उदयपुर सदरमुकाम गाईघाटस्थित प्याराडाइज बोर्डिङ स्कूलमा कक्षा ११ को परीक्षा विद्यार्थी रहेको स्कुलका प्रिन्सीपल बाबुराम आचार्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *