कोरोनाको आशंकामा वीरगञ्जको अस्पतालमा उपचाररत रहेका एक व्यवसायीको मृत्यु…

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमण पछिल्लो समय नेपालमा पनि लगातार बढ्दै गएको छ । नेपालमा संक्रमितको कुल संख्या १८ हजार नाघिसकेको छ भने दिनहुँ बढी नै रहेको छ । यस्तैमा बीरगंज स्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेका एक व्यवसायीको मृत्यु भएको छ । कोरोनाको आशंका गरिएका ती व्यवसायीको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

बीरगंजको आदर्शनगर निवासी ६५ बर्षिय पुरुषलाई श्वास प्रश्वासको समस्या देखिएपछि हिजो साँझ उपचारको लागी अस्पताल लगिएको थियो । मुटु रोगी समेत रहेको उनको आरडिटी टेष्ट गरिएको थियो भने उक्त टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागी नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको पिसिआर परिक्षण गर्नको लागी स्वाब संकलन गरेर पथाइएको छ भने पिरिआर रिपोर्ट आउन भने बाँकी नै रहेको अस्थायी कोभिड गण्डकी अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो । गण्डक अस्पतालको भेन्टिलेटरमा उपचारमा रहेका उनको आज बिहान साढे ६ बजे मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *