चितुवाको आक्रमणबाट १८ वर्षिया युवतीको मृत्यु

काठमाण्डौ । डडेल्धुरामा चितुवाको आक्रमणबाट एकजना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा  बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महता रहेको प्रहरीले जनाएको छ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाडमा घाँस काट्नका गएकी महतालाई सोमबार चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उक्त घटनाको अनुसन्धानको लागि हाल डडेल्धुराबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताएका छन् । आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *