ह्वात्तै घट्यो सुनको मुल्य, प्रति तोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । हिजो प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एकैदिन प्रति तोलामा ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सयमा कारोबार भैरहेको छ ।

त्यस्तै आज तेजाबी सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन हिजो प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गरि आज चाँदीको भाउ पनि ७० रुपैयाँले घटेको छ । हिंजो प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको चांदीको मुल्य आज प्रति तोला १ हजार २ सय १५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *