मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

काठमाण्डौ। डोटीमा मोटरसाइकलको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीले बताए ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि  दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल लागिएको थियो भने उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी पोष्ट पिपल्ला बजारका प्रमुख तथा प्रहरी सहायक निरीक्षक खेमराज भट्टले जानकारी दिएका छन् । ठक्कर दिने मोटरसाइकल घटनास्थलमै छाडेर चालक फरार रहेका छन् भने प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएर फरार चालकको खोजी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *