मुम्बई र दिल्लीबीच आज आईपीएल फाइनल, कसले मार्ला बाजी ?

काठमाडौं । युएईको दुबईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । आज हुने फाइनलमा सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्ससँग पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स भिड्नेछ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नेपाली समयअनुसार आज राति पौने ८ बजे फाइनल खेल हुनेछ । लिग सुरु हुनुअघि नै मुम्बई र दिल्ली उपाधिको दाबेदार टिमहरुको रुपमा रहेको थियो भने लिगमा पहिलो र दोस्रो भएको टिम नै फाइनलमा पुगेपछि फाइनल खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *