बाँकेमा तीनजना कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । बाँकेमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका दुईजना र दाङका एकजना गरि तीन  संक्रमितको मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना, वेस्टर्न अस्पताल नेपालगन्जमा एकजना र भेरी अस्पताल नेपालगन्जमा एकजनाको मृत्यु भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको हो भने वेस्टर्न अस्पतालमा बर्दियाकै बाँसगढी नगरपालिका- ८ का ३५ वर्षीय पुरुषको सोमबार साँझ सवा ८ बजे र भेरी अस्पतालमा दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *