लागूऔषध अफिमसहित २जना पक्राउ

काठमाण्डौ । रौतहट प्रहरीले लागुऔषध अफिमसहित २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बागमती न.पा.वडा नं.१२ बागमती वस्ने अं.बर्ष ३० को दिल बहादुर थिङ्ग र बाराको निजगढ न.पा.वडा नं.७ भवराटोल बस्ने अं.बर्ष २३ को सोम बहादुर लामा रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनीहरुलाई विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख  डिएसपी हेम बहादुर शाही र  लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त  टोलीले  चन्द्रपुर न.पा.वडा नं.४ स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गतको धनसरदेखि जंगलसहिया जाने बाटोमा पक्राउ गरेको हो । सर्लाहीको बागमती तर्फबाट आउदै गरेको ना १६ प ७८२५ नं.को डिस्कभर मोटर साईकल रोकी चेकजाँच गर्ने क्रममा पोलिथिन झोलामा लागूऔषध अफिम १ किलो ८०० ग्राम  बरामद भएको  डिएसपी शाहीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *