सर्लाहीमा यस्तो अवस्थामा दुई बालिकाको शव फेला परेपछि..

काठमाण्डौ । सर्लाहीको ईश्वरपुरमा एउटा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो रहेका छन् ।

स्थानीय प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले आफ्नो जग्गामा खन्दै गरेको नयाँ पोखरीमा डुबेर दुवै बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले बताएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शुक्रबार बाख्रा चराउन गएका ती बालिकाहरु साँझ अबेरसम्म पनि घर नर्फिएपछि गाउँले तथा प्रहरी मिलेर उनीहरुको खोजी सुरु गरेका थिए भने सोहि क्रममा शनिवार राती ९ः३० बजेतिर पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको श’व फेला परेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिएका छन् । दुवै बालिकाको श’व पो’ष्टमा’र्टमका लागी आइतबार बिहान जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ भने घटनाको विषयमा छानबिन चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *