चितवनमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

काठमाण्डौ । चितवनमा उपचाररत एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर– १९ का ७७ वर्षीय वृद्ध रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको उपचारको क्रममा सोमबार राति नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनी यहि कार्तिक १९ गते अस्पताल भर्ना भएका थिए भने २२ गते उनलाई कोरोना पुष्टि भएको थियो । आइसीयूमा राखेर उपचाररत रहेका उनको उपचारको क्रममा सोमबार राति ९ः५० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *