तनहुँमा एकै दिन ३० फरार प्रतिवादी पक्राउ

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका ३० जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पक्राउ पर्नेहरु बैकिङ कसुर मुद्दामा विसं २०७६ फागुन १९ गतेको फैसलामा फरार रहेका एकजना, कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात जना, सम्बन्धविच्छेद मुद्दाका ६ जना, कुटपिट मुद्दाका ६ जना, विसं २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका दुईजना र चोरी मुद्दाका एक जना रहेका छन् ।

त्यस्तैगरि लुटपाट मुद्दामा एकजना, जालसाजी मुद्दामा एकजना, घरेलु हिंसा मुद्दामा एकजना, सवारी ज्यान मुद्दामा एकजना, केही सार्वजनिक अपराध मुद्दाका एकजना र गाली बेइज्जती मुद्दाका दुईजना गरी जम्मा ३० जनालाई पक्राउ गरेको प्रनाउ तिमिल्सेनाले जानकारी दिएका छन् ।पक्राउ परेकाबाट हुन आउने कैद एक महिना १८ दिन र जरिवाना रु तीन लाख ३७ लाख ९५० जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *