यस्तो रहनेछ आज देशभरको मौसम

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आज दिउँसो भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्विनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै गरि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावना रहेको पनि जनाएको छ । राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *