टीभीएसको पहिलो क्रुजर बाइक– फिङ्गर प्रिन्टबाट स्टार्ट हुने !

काठमाडौं । स्पोर्टी बाइकका लागि चर्चित रहेको टीभीएसले अब क्रुजर सेग्मेन्टमा पनि बाइक उत्पादन गर्ने भएको छ । सन् २०१८ को इन्डियन अटो एक्स्पोमा आफ्नो पहिलो क्रुजर मोटरसाइकल ‘जेप्लीन आर’को कन्सेप्ट सार्वजनिक गरेको टीभीएसले उक्त कन्सेप्टलाई यथार्थको रुप दिएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

टीभीएसले ‘जेप्लीन आर’ ब्राण्ड नाम दिएको उक्त क्रुजर बाइकमा थुप्रै युनिक फिचरहरु समावेश गर्ने जनाएको छ । यस बाइकमा अक्टागनर इन्स्ट्रुमेन्ट कन्सोल, रेक्ट्यागुलर रियर भ्यू मिरर, राइट साइड फ्यूल ट्याङ्क प्रयोग हुनेछ भने यो बाइक बेल्ट ड्राइभमा आधारित हुनेछ । यस बाइकको अर्को युनिक फिचर भनेको ‘वायो कि’ हो जसको मतलव  तपाईंले आफ्नो फिङ्गर प्रिन्टको मद्दतबाट बाइक स्टार्ट गर्न सक्नुहुनेछ ।

यस बाइकको अगाडि (हेडलाइटको छेउमा) इन्ट्रिगेटेड एचडी क्यामेरा पनि हुनेछ भने यसका अतिरिक्त उक्त बाइकमा इन्टरनेट कनेक्टिभिटी, गोल्डेन कलर यूएडी फर्क, मोनोशक सस्पेन्सन, डबल च्यानल एबीएस जस्ता अन्य धेरै फिचर हुनेछन् । सम्भवतः सन् २०२१ को शुरुवातदेखि नै टीभीएसको पहिलो क्रुजर बाइकको बिक्री शुरु हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *