पहिरोमा परि जेसिवी, ट्रयाक्टर र ट्रिपर सहित मानिस पनि पुरिए…

काठमाण्डौ । केहि दिन यता निरन्तर भैरहेको वर्षाका कारण नेपालमा जन धनको ठुलो क्षती भैरहेको छ । यस्तैमा निरन्तरको वर्षापछि आएको पहिरोमा बागलुङ नगरपालिका–१ निरयघाटमा दुई जना मानिस पुरिएका छन् । पोखरा–बागलुङ राजमार्गमा ढुंगामाटो उठाउँदै गरेको बेलामा सडक माथीबाट खसेको पहिरोमा एक जेसिवी, एक ट्रयाक्टर तथा एक ट्रिपर सहित दुईजना चालक पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको हो ।

हिजो साँझ ८ बजे पहिरोमा परि चालक निर्मल पुन तथा ट्रिपर चालक रोशन नेपाली बेपत्ता भएका हुन् भने अहिलेसम्म पनि उनीहरुको उद्धार हुन सकेको छैन । हिजो रातीसम्म उद्धारको प्रयास गरिएको भएपनि नसकेपछि आज बिहान पुनः खोजी कार्य थालिएको प्रहरीले जानकारी दिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

निरन्तर पहिरो खसिरहेका कारणले गर्दा उनीहरुको उद्धार कार्यमा समस्या भएको छ । यद्धपी बेपत्ता भएको भनिएका मानिसहरुको मोबाइलमा भने सम्पर्क भइरहेको प्रहरीले बताएको छ । पहिरोमा पुरिएका उक्त साधनहरु बागलुङ स्थित ठेकेदार बिमलेश आचार्यको रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *