१८ मृत्युसहित एकैदिन थपिए यति धेरै संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ भने मृतकको संख्या १ हजार १ सय २६ पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९८ जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल १ लाख ५९ हजार ७ सय २४ जना निको भइसकेको छन् भने अझै पनि ३६ हजार १ सय ७४ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *