भक्तपुरमा दिउँसै लुटियो सुनको सिक्री, लुटेरा फरार

काठमाण्डौ । भक्तपुरमा आइतबार दिउँसो सुन लुटिएको छ । म्याग्दी जामरुकोट घर भइ सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक बस्दै आएका ३० वर्षीय पुरुषको १ तोला सुनको सिक्री हिजो दिउँसो लुटपाट भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नम्बर नखुलेको मोटरसाइकलमा सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक नजिकबाट आएका २ जना अपरिचित व्यक्तिहरुले उनको सिक्री लुटपाट गरेको बताइएको छ  लुटपाटमा संलग्न रहेकाहरु अझै फरार रहेका छन् भने उनीहरुको खोजि कार्य भैरहेको छ । प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *