ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

काठमाण्डौ । वीरगञ्जमा ट्याक्टर दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ । विरगंजको महानगरपालिका–२७ मा आइतबार  दुर्घटना भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

हिजो दिउँसो ३ बजे लु ३ त ६४६ नम्बरको ट्याक्टर नहरको पुलबाट पल्टिएको हो । मृत्यु हुनेमा ट्याक्टर चालक पर्साकै बहुदरमाई नगरपालिका–३ का उमेश प्रसाद यादवका १२ वर्षीय छोरा विवेक कुमार रहेका छन् । ट्याक्टर पल्टिँदा इन्जीनको भागमा च्यापिएर बालकको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *