दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा

काठमाडौं । युएईमा जारी रहेको १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा दिल्ली क्यापिटल्सले प्रवेश गरेको छ । दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो । हिजो भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पहिलो ब्याटिङ गरेको दिल्लीले सनराइजर्स हैदरावादसामु १ सय ९० रनको लक्ष्य पेश गरेको थियो भने जवाफमा हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सफल रह्यो । अब उपाधिका लागि दिल्लीले सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *