पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

काठमाडौं । नेपालका चर्चित पत्रकार ऋषि धमलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कन्ट्रयाक ट्रेसिङका आधारमा गराएको कोरोना परीक्षणमा आफ्नो कोभिड रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् ।

यस कुराको जानकारी उनले आइतबार सामाजिक सञ्जालमार्फत दिएका हुन् । धमलाले फेसबुकमा पोष्ट गर्दै भनेका छन्, ‘कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको ९कोभिड–१९० स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *