घरमा ड्रग्स भेटिएपछि बलिउड फिल्म निर्माता फिरोजकी श्रीमती पक्राउ

काठमाण्डौ । बलिउडमा ड्रग्सको सम्बन्धको विषयमा चर्चा चलिरहँदा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ‘फिर हेरा फेरी’ र ‘वेलकम ब्याक’ जस्ता चर्चित फिल्मका निर्माता फिरोज नाडियाडवालाको घरमा छापा मारेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रिपोर्टका अनुसार फिरोजकी श्रीमती शबाना सईदलाई पनि एनबीसीले पक्राउ गरेको छ । आइतबार भएको यस छापामारीमा नाडियाडवालाको घरबाट करिब १० ग्राम गाँजा र तीन मोबाइल फोन जफत गरिएको बताइएको छ भने दुई साक्षीको उपस्थितीमा फिरोजकी श्रीमतीलाई पक्राउ गरिएको हो । छापाको समयमा फिरोज घरमा नभएका कारण एनसीबीले उनलाई सोधपुछका लागि पत्र पठाएको छ । फिरोज सोमबार सोधपुछका लागि पेश हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *