रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाण्डौ । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुष रहेका छन् । यहि कार्तिक २२ गते कोरोना पुष्टि भएका उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोना देखिएसँगै २२ गते नै अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । मृतक पुरुष मिर्गौला र कलेजोका दीर्घरोगी समेत रहेका डा. गौतमले जानकारी दिए । यससँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको कुल संख्या ८४ र लुम्बिनी प्रदेशमा १ सय ९८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *