यसपाली भाइटीकाको उत्तम साइत कहिले?

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । यस वर्षको यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै कात्तिक २८ परेको काग तिहारको दिन धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि परेको छ भने कात्तिक २९ गते एकैदिन बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान मात्र गर्नुपर्नेछ ।

यस्तै गरि गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते रहेको छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ भने त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले गर्दा म्हपूजा पनि यसै दिन गर्नुपर्ने हुन्छ । यसपटकको भाइटिका भने मङ्सिर १ गते परेको छ । यस वर्ष भाइटीकाकै दिन नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । मङ्सिर महिनामा भाइटीका परेका कारण दाइलाई टीका लगाउनुहुन्न भन्ने चर्चा रहेपनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *