एकैपटकमा यति धेरै सशस्त्र प्रहरी अधिकारीमा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमण पछिल्लो समय नेपालमा पनि लगातार बढ्दै गएको छ । नेपालमा संक्रमितको कुल संख्या १८ हजार नाघिसकेको छ भने दिनहुँ बढी नै रहेको छ । अहिले नेपालमा ४ महिनादेखि जारी रहेको लकडाउन पनि साउन ७ गतेदेखि खुलिसकेको छ ।

लकडाउन खुलेसँगै संक्रमण थप बढ्ने आशंका गरिएको छ । यसै बीचमा झापामा कार्यरत रहेका १८ जना सशस्त्र प्रहरीका अधिकारीलाई पनि कोरोना भाइरसको संक्रमण भएको खुल्न आएको छ । पूर्वी सीमा काँकरभिट्टामा कार्यरत रहेका अधिकांश सशस्त्र प्रहरीका अधिकारीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अहिले उनीहरु सबैलाई थप उपचारका लागि बिराटनगर पठाइएको छ भने यससँगै उनीहरुको कन्ट्याक ट्रेसिङ पनि थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाईँले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *