२१ मृत्युसहित एकैदिन थपिए यति धेरै कोरोना संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ भने मृतकको संख्या १ हजार १ सय ८ पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल १ लाख ५७ हजार ९ सय २६ जना निको भइसकेको छन् भने अझै पनि ३५ हजार ४ सय १९ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल १५ लाख ४० हजार ७७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *