यी सपना देख्दा धन लाभ हुने संकेत……

काठमाण्डौ । हरेक मानिसले निदाएको बेला सपना देख्ने गर्दछन् । धार्मिक मान्यता अनुसार हर सपको केहि न केहि अर्थ रहने गर्दछ ।निदाउँदा देखेको सपनाले व्यक्तिको जीवनमा घट्ने घटनाको अग्रीम जानकारी गराउने मान्यता छ । जिवनमा घटिरहेको घटना वा घट्न सक्ने घटनाको रुपमा सपनालाई लिइन्छ।  यस्ता सपनामा देखिने कतिपय वस्तु वा स्थानले मानिसमा जीवनकालको जानकारी दिनुका साथै हरेक सपनाको मानिसमा सकारात्मक तथा नकारात्मक दुबै प्रकारका असर पर्ने गर्दछ ।

त्यस्तै कतिपय सपनाले मानिसलाई धनलाभको समेत संकेत गर्दछ । आखिर कुन कुन सपनाले मानिसलाई धनवान् बनाउने संकते गर्छ त ? १. यदि सपनामा कसैले बिरालो, उल्लु र घोडा देख्यो भने ती व्यक्तिमा माता लक्ष्मीको कृपा बर्सिने मान्यता छ । २. यदि सपनामा आफुले घोडसवारी गरेको देखियो भने आगामी भाग लिएको प्रतियोगितामा सफलता पाउने मान्यता छ । ३. सपनामा माता लक्ष्मी वा भवानीको दर्शन गरेको देखेमा छिट्टै धनवर्षा हुने मान्यता रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

४. यदि सपनामा साना उमेरका बालिका देखे देवीशक्तिको विशेष कृपा हुने मानिन्छ। ५. यदि सपनामा कमलको फूल धारण गरेको देखे वा अरुले फुल भेट गरेको देखेमा आफुले थालेको काममा अपार सफलता प्राप्त हुनेछ । ६. सपनामा मन्दिर देख्नाले आउने समय निकै शुभ रहने संकेत दिन्छ। ७. यदि सपनामा कसैले आभूषण धारण गरेको वा खरीद गरेको देखे भविष्यमा अधिक धनवान हुने मान्यता रहेको छ। ८. सपनामा मन्दिरको दर्शन गरेको देखेमा  त्यो सपना अत्यन्त शुभ मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *