जीप दुर्घटनामा परि एक जनाको मृत्यु, अन्य एक घाइते

काठमाण्डौ । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दुई जना मात्रै सवार रहेको जीप दुर्घटनामा परि घाइते हुनेमा दोगडाकेदार–३ श्रीकोटका जीपचालक २३ वर्षीय दीपक चन्द रहेका छन् । हाल उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । जीप दुर्घटनाको कारण अझै नखुलेको र जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *