यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाण्डौ । जल तथा मौसम विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित नभएको जनाएको छ । विभागका अनुसार हाल पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहेको बताएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आज दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *