मौसम अब झनै डरलाग्दो बन्ने..

काठमाण्डौ । आज देशभर मौसम सामान्य रहने भए पनि सोमबारबाट भने पुनः मौसम सक्रिय हुने देखिएको छ । नेपालको तराई भूभाग नजिकै वर्षा गराउने मनसुन न्यूनचापीय रेखा आउने भएकाले गर्दा सोमबार साँझबाट मुलुकका प्राय स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद्ले जानकारी दिएका छन् । नेपालमा जेठ ३० गतेदेखि मनसुन सक्रिय भएको थियो भने मुनसुन सक्रिय भएसँगै मुलुकमा बाढी, पहिरो तथा चट्याङका कारण १ सय ४१ जनाको मृत्यु भइसकेको छ ।
साउन ११ गते (आईतबार) : आइतबार देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानमा भने हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार राती देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र सुदुर पश्चिम प्रदेशका केहि स्थानमा भने मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
साउन १२ गते (सोमबार) : दिउँसोः सोमबार दिउसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै सोमबार राती भने गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।