जीप दुर्घटनामा परि तीनजनाको मृत्यु

काठमाण्डौ । सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हिजो बेलुका दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप  दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीपख चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेका छन् । जीपमा सवार अन्य पाँच जना भने सुकशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले बताएका छन् ।

मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन नसकेपनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *