२४ घण्टामा १७ मृत्यु, यति नयाँ संक्रमित थपिए

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १७ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ भने मृतकको संख्या १ हजार ८७ पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल १ लाख ५५ हजार १ सय १४ जना निको भइसकेको छन् भने अझै पनि ३५ हजार ४ सय ३५ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल १५ लाख २७ हजार ७ सय ६६ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *