तातो तेल खन्याएर आफ्नै श्रीमती जलाउने युवक पक्राउ

काठमाण्डौ । धादिङको नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङमा आफ्नै श्रीमतीलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीय अस्विन परियार रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनलाई आफ्नै २० वर्षीया श्रीमती पुुजा परियारलाई मार्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। घरमा बसीरहेकी श्रीमतिलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छन। टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको उनको हाल उनको किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

आरोपितलाई भने गिरफ्तार गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारीले बताएका छन्। आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्धा दर्ता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *