दुई छोरा गुमाएका बुवाले भने : ‘बुहारीलाई मेरै हातले बिहे गरिदिन्छु, छाेरा डिप्रेशनका सिकार थिए “

काठमाण्डौ । दुई दिनदेखि हराइरहेका नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका थिए । सोमबार बिहानदेखि हराएका उनीहरुको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दाजुु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा तथा भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ ।  दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो भने उनी केही समय अघि डिप्रेशनमा गएको र डिप्रेशनको औषधि पनि खाने गरेका उनका बुवाले बताएका छन् । उनलाई राँचि पनि लगिएको थियो भने उनी दुई महिनामा  निको भएको बुवाको भनाई छ ।

सबै कुरा सोधेर गर्ने गरेका छोरा त्यती टाढा किन र कसरी गए भन्ने कुरामा भने उनको बुवालाई पनि शंका छ । जेठो छोराको प्रेम विवाह भएको उनको बुवाको भनाई छ । विवाह भएको दुई महिना नहुँदै बुहारी एक्लिएपछि परिवारमा अर्को चिन्ता पनि थपिएको छ । बुहारी र उनको परिवारको राजिखुसीमै विवाह गरिदिएको उनको भनाई छ । अब बुहारीलाई छोरीसरह राख्ने र आफ्नै छोरी मानेर उनको राझीखुशीमा विवाह गरिदिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *