नेपाली बजारमा हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारणका साथै सक्कली वा नक्कली परीक्षण हुने

काठमाडौ । अब नेपाली बजारमा हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण गरिने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकमा हिरा तथा अन्य बहुमूल्य पत्थरको मूल्य निर्धारण गर्न समिति समेत गठन गरिएको जानकारी दिएको छ । उक्त बैठकले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन तथा परीक्षण गर्नका लागी जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय पनि गरेको छ ।

हालको समयमा बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता निकै मर्कामा पर्दै आएका छन् भने महासंघको तेश्रो महाधिवेशन तथा ७ औं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा गर्ने निर्णय पनि बैठकले गरेको छ । महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधीहरु सहभागी हुनेछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै बैठकले असोज १२ गते महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ भने साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *