देशभरको तापक्रम घट्दै, पहाडी भेगमा आंशिक बदली

काठमाण्डौ । मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि देशमा चिसो बढ्न थालेको छ । शुक्रबार बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो भने आज बिहान काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मुलुकभर नै चिसो बढेको छ महाशाखाले जनाएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ भने अन्य ठाउँको न्यूनतम तापक्रम पनि क्रमिक रूपमा घट्दै गएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । तापक्रम अझै घट्दै जादा मुलुकका विभिन्न स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको पनि उनले बताइन् ।

पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना छ भने मुलुकका पहाडी भू-भागमा दिउँसो आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *