अफिमसहित जाजरकोटमा दुइ जना पक्राउ

काठमाण्डौ । जाजरकोटमा लागूऔषध अफिम सहित दुइ जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंह रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा शुक्रबार १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट पक्राउ गरिएको हो । हाल दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *