स्थगित भएको त्रिविको परीक्षाको विषयमा त्रिवीको यस्तो निर्णय..

काठमाडौँ । कोरोना महामारीका कारण स्थगित भएका परीक्षाहरु अब तिहारपछि धमाधम सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जनाएको छ । गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार सकिएलगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने बताउँदै विश्वविद्यालयले अन्तिम तह या सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई प्राथमिकता दिने योजना बनाएको त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. पेशल दाहालले बताए । यस अन्तर्गत स्नातक तह चौथो वर्ष या स्नातकोत्तर तहको अन्तिम सेमेस्टरका विद्यार्थीको परीक्षा पहिलो प्राथमिकतामा राखिएको भने सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने अधिकारको विश्वविद्यालयको डिन कार्यालयलाई दिइएको छ । यद्धपी कार्यतालिका भने हालसम्म पनि सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *