अमेरिकामा एकैदिन सर्वाधिक १ लाख २४ हजारमा संक्रमण, संक्रमित १ करोड नाघे

काठमाण्डौ । अमेरिकामा तीन दिनयता दैनिक रुपमा लगायतार एक लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार एकै दिन अमेरिकामा  १ लाख २३ हजार ७ सय १८ जनामा संक्रमण देखिएको थियो भने शनिबार पनि १ लाख २४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र कुल १ लाख २४ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमितको कुल संख्या १ करोड ५८ हजार ५ सय ८६ पुगेको छ भने २ लाख ४२ हजार २ सय ३० जनाको मृत्यु भएको छ । त्यस्तै गरि संक्रमितमध्ये ६३ लाख ९१ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन् भने हाल उपचाररत रहेका ३४ लाख २५ हजार १ सय ४८ जनामध्ये १८ हजार ३ सय ३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *