आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

काठमाण्डौ । हाल नेपालमा कोरोना भाइरस संक्रमितको संख्या  हरेक दिन बढ्दै गएको छ भने यसका साथै आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार हाल कुल संक्रमितमध्य ८३ जना भेन्टिलेटरमा र ३ सय ८० जना आईसीयूमा उपचाररत छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ६९ जना छन् भने ४४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । त्यस्तै गरि लुम्बिनी प्रदेशमा ६० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आईसीयू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा आठ जना आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । सुदूरपश्चिममा पनि ८ जना संक्रमित आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ जना आईसीयू र १७ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा ३ जना आईसीयूमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *