आईपीएलबाट बाहिरियो बैंगलोर, हैदराबाद ६ विकेटले विजयी

काठमाडौं । यूएईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १३ औं संस्करणको क्वालिफायरमा सनराइजर्स हैदराबाद प्रवेश गरेको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाउन सफल रहेको हो ।

शुक्रबार राति आबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा भएको खेलामा पहिलो ब्याटिङ गरेको बैंगलोरले हैदराबादसामु १ सय ३२ रनको लक्ष्य पेश गरेको थियो भने जवाफमा हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । यससँगै बैंगलोर भने खेलबाट नकआउट भएको छ । अब फाइनल प्रवेशका लागि सनराइजर्सले क्वालिफायर–२ मा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *