पछिल्लो २४ घण्टामा ४५०० जना कोरोनामुक्त, कति थपिए नयाँ संक्रमित?

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ भने मृतकको संख्या १ हजार ७० पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल १ लाख ५२ हजार ९ सय ८ जना निको भइसकेको छन् भने अझै पनि ३४ हजार ९ सय ५ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल १५ लाख १७ हजार ३  सय ४३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *