आमिर खानकी छोरीमाथि शारीरिक शोषण भएको खुलासा

काठमाण्डौ । बलिउड अभिनेता आमिर खान र उनकी पहिलो पत्नी रिनाको छोरी इरा खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सार्वजनिक गर्दै आफुमाथि १४ वर्षको उमेरमा शारीरिक शोषण भएको खुलासा गरेकी छिन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भिडियोमा उनले १४ वर्षको उमेरमा आफुमाथी के भएको भनेर थाहा नपाएको र एक वर्षसम्म त्यो घटना आफुलाई सम्झना मात्र लागेको बताएकी छिन् । उनले १ वर्षपछी मात्र आफ्नो आमा बुवालाई यस घटनाको विषयमा भनेको बताइन । आफुमाथी उक्त घटना हुँदा पनि आफुले केहि गर्न नसकेकोमा उनी आफैसँग रिसाएको बताउँछिन् । उक्त भिडियोमार्फत उनले आफ्नो जीवनमा भएका राम्रा र नराम्रा घटनाहरु बताउँदै कुनै पल रोएको र कुन कुराले आफु धेरै मजबुद उल्लेख गरेकी छिन् । सोहि भिडियोमार्फत उनले आफु डिप्रेसनको शिकार भएको समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *