स्नातक तहको परीक्षा दिन आफु पाएक सेन्टर १८ गतेभित्र यसरी छान्नुहोस्

काठमाण्डौ । यहि मंगसिर दोस्रो हप्ताबाट सुरु हुने भनिएको स्नातक तह चौथो वर्षको परीक्षा विद्यार्थीहरुले अब आफु भएकै स्थानमा रहेको त्रिविद्वारा तोकिएको परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोभिड–१९ को कारणले विद्यार्थीलाई परिक्षा दिन सहज बनाउनका लागि आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको त्रिविको रजिष्ट्रार डा पेशल दाहालले बताएका छन् । यसका लागि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर  आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । आफु नजिकैको परिक्षा केन्द्र छनौट गर्नका लागि  आज (कार्तिक १६ गते) सम्म तोकेकोमा सो समय मिति २०७७ कार्तिक १८ गतेसम्म थप गरेको जानकारी गराइको छ । www.tuexam.edu.np बाट आफू नजिकको परीक्षा केन्द्र छनौट गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *