बिहे भएकाे डेढ महिनामै श्रीमानको मृत्यु, घरबाट यसो भनेर निस्केका थिए विजय..

काठमाण्डौ । दुई दिनदेखि हराइरहेका नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका थिए । सोमबार बिहानदेखि हराएका उनीहरुको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । उनी बिहान घरमा परिवारसँगै खाना खाएर करिब साढे १० बजे घरबाट निस्केका थिए । दाजुु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा तथा भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ । हराए पनि ठुला भएका छोराहरुले यति छिटै किन रिपोर्ट गरेको हो भनेर भन्लान भन्ने पिरले प्रहरीलाई तुरुन्तै खबर गर्न नसकेको उनीहरुका आमाले रुँदै बताएकी छन् । बिवाह गरेको २ महिनामै श्रीमान गुमाउँदा श्रीमती पनि एकदमै पिडामा छन् । उनले आफुबीच कुनै झैँ झ-गडा नभएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *