सस्तियो भाइ मसला, कुन मसलाको मूल्य कति ? विवरणसहित

काठमाण्डौ । झिलिमिलीको चाड तिहारको पाँचौँ दिनमा मनाइने भाइटीकाको दिन हिन्दु परम्पराअनुसार भाइमसला अनिवार्य मानिन्छ । भाइ मसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायतका सामाग्रीहरु पर्छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

गत वर्षको तुलनामा यस वर्ष यी मसलाको मूल्य सस्तिएको छ । टुक्रा नभएको काजुको तुलनात्मक रुपमा बढी रकम छ भने टुक्रा भएको कम मूल्य छ । यस वर्ष काजु प्रति किलो १०० रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ भने किसमिस पनि सय रुपैयाँसम्म घटेको छ । त्यस्तै गरि पेस्ता र नरिवल ५० रुपैयाँले घटेको छ भने छोकडाको मुल्यमा प्रति केजी २० रुपैयाँका दरले कमि आएको छ । सुकुमेल केजीमा सबैभन्दा बढी ५ सय रुपैयाँसम्मले घटेको पाइएको छ ।

सुपारीको मूल्य भने यसपटक पहिलेको भन्दा बढेको छ । सुपारी विशेषगरी इन्डियन र सिङ्गापुरका छन् । इन्डियन सुपारी सिङ्गापुरको सुपारीको तुलनामा थप महँगो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *