कोरोना संक्रमणका कारण गौरीगंगा नगरपालिकाका वडा अध्यक्षको मृत्यु

काठमाण्डौ । कोरोना संक्रमणका कारण कैलालीमा एकजना वडा अध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाह रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोना पुष्टि भएसँगै विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका ६३ वर्षीय शाहको शुक्रबार विहान ६ : २५ बजे मृत्यु भएको नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले बताए । शाह नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *