आइपीएल : मुम्बई फाइनलमा, दिल्लीलाई अर्को मौका

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट २०२० को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा दिल्ली कयापिटल्सलाई पराजित गर्दै मुम्बई फाइनलमा गएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मुम्बइले दिल्लीलाई ५७ रन अन्तरले पराजित गरेको हो । पहिलो ब्याटिङ गरेको मुम्बईले दिल्लीसामु २ सय १ रनको लक्ष्य पेश गरेको थियो भने जवाफमा  दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । यससँगै मुम्बई अब लगातार दोस्रो पटक उपाधि जित्नबाट एक जित मात्र टाढा छ । साथै क्वालिफायरमा पराजित भएपनि शुक्रबार हुने सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीचको एलिमिनेटर खेलको विजेतासँग दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *