कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

काठमाण्डौ । सप्तरीमा कोरोना सङ्क्रमणका कारण थप एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका सिम्राहाका २३ वर्षीया महिला रहेकी छिन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनी ६ दिनअघी पिसाबमा समस्या देखिएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी थिइन् भने उनलाई बुधबार कोरोना पुष्टि भएको थियो । पिसाबमै समस्या देखिएका कारण बिराटनगरबाट १५ दिनअघि मात्र उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासी बान्ता भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *