आज उपत्यकामा कति थपिए कोरोना संक्रमित?

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल ३ हजार ५१ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्य काठमाडौं उपत्यकामा मात्र थप १ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नयाँ संक्रमितमध्य ६ सय १ महिला र ७ सय ९७ जना पुरुष रहेका छन् । यससँगै काठमाण्डौमा संक्रमितको कुल संख्या ६७ हजार ३ सय ५६ पुगेको छ जसमध्य ४२ हजार १ सय ८९ पुरुष र २५ हजार १ सय ६७ महिला रहेका छन् । त्यस्तै भक्तपुरमा ३ हजार ४ सय ३३ पुरुष र २ हजार ६ सय २६ महिला गरि ६ हजार ५९ र ललितपुरमा ५ हजार २ सय ६३ पुरुष र ४ हजार १ सय ६४ महिला गरि कुल ९ हजार ४ सय २७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *