१८ मृत्युसहित एकैदिन थपिए यति धेरै संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ भने मृतकको संख्या १ हजार ५२ पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल १ लाख ४८ हजार ४ सय ८ जना निको भइसकेको छन् भने अझै पनि ३६ हजार ५ सय १४ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल १५ लाख ७ हजार १  सय ९० जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *