धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज-१ की २३ वर्षीया युवती, सप्तरीकै राजविराज-८ का ६५ वर्षीय पुरूष र मोरङका ५९ वर्षीय पुरूष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

२३ वर्षीया युवतीको बिहीबार बिहान ३ः१५ बजे , ६५ वर्षीय पुरूषको बिहान ८ बजे र ५९ वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए । २३ वर्षीया युवतीलाइ यहि कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी पनि थिइन् । ६५ वर्षीय पुरूषमा भने कात्तिक १५ गते संक्रमण पुष्टि भइ सोही दिन उनी अस्पताल भर्ना भएका थिए । त्यस्तै गरि मोरङका ५९ वर्षीय पुरूष भने हाइपरटेन्सन र मुटुका रोगी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *